आधुनिक ग्याजेट हरुको प्रतिस्पर्धा गर्ने होड सगै ब्याट्रीको आयु सबैभन्दा कमजोरीको विषय तथा उपभोक्ता हरुलाई टाउको दुखाइको बिसय रहँदै आएको अवस्थामा अब यो समस्या छिटै समाधान हुने भएको छ। यसका लागि एउटा प्रविधिलाई धन्यवाद दिनैपर्छ । यो प्रविधिले ब्याट्रीको आयुलाई दशकौँसम्म लम्बाउने सकिने देखाएको छ ।
अल्ट्रा लो पावर माइक्रोकन्ट्रोलर्सको नाम एसएएम एल दिइएको छ जुन अटमेलको ३२ बिट आर्म बेस्ड माइक्रोकन्ट्रोलर प्रोसेसरको पछिल्लो संस्करण हो ।
सेमीकण्डक्टर निर्माता अमेरिकी कम्पनी अटमेलले यस्तो चिप्स (माइक्रोकन्ट्रोलर) निर्माण गरी सार्वजनिक गरेको छ जसले यति धेरै उर्जा बचत गर्छ की मान्छेको जिउबाट समेत उर्जा संकलन गर्न सक्छ ।

अटमेलका अनुसार यी माइक्रो कन्ट्रोलर अर्थात् एमसियुले ग्याजेटको ब्याट्रीको आयु वर्षौँ देखि दशकौँ सम्म लम्बाउन सक्छन् । विद्यमान अन्य चिप्सहरु भन्दा अटमेलको यो चिप्सले एक तिहाइ मात्र उर्जा खपत गर्ने र परीक्षणबाट यो चिप्स अहिलेसम्मकै कम उर्जा खपत गर्ने माइक्रोप्रोसेसर रहेको प्रमाणित भएको अटमेलले जनाएको छ ।
अटमेलका निर्देशक एन्ड्रेस इल्याण्डले कन्जुमर इलेक्ट्रोनिक्स शो का क्रममा उक्त चिप्सयुक्त प्यानलमा आफ्नो हात राखेर रेडियो बजाएर देखाए । उक्त चिप्सले आफ्नो हातबाट जिउको उर्जालाई शोषण गरी कसरी रेडियो समेत चलाउन उर्जा प्रवाह गर्छ भन्ने कुरा उनले देखाएका थिए ।
यो चिप्स पाइजोइलेक्ट्रीक पदार्थबाट बनेको छ । जसले तापक्रमको घटबढका क्रममा प्यानल तन्किँदा विद्युतिय चार्ज पैदा गर्दछ । कम्पनीका अनुसार यो प्रविधि भविष्यमा फोन तथा ट्याब्लेटहरुमा समेत प्रयोग गर्न सकिने सम्भावना छ ।
0 Reviews:
Post Your Review