जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष बर्ष झैं आजपनि फागुन ०७ गते प्रजातन्त्र दिवस मनाईदैछ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशभर विभिन्न कार्यक्रम तय भएका छन् ।

नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै भूभाग कब्जा गरिसकेपछि राणा सरकार, कांग्रेस र राजाबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सहमति भएपछि बल्ल आजकै दिन अर्थात् फागुन ७ गते त्रिभुवन नेपाल फर्किएका थिए।
राजा आफ्नै देशमा शरणार्थी भएको यो समाचारलाई त्यतिबेलाको बेलायती मिडियाले यसरी सनसनीपूर्ण प्रस्तुत गरेको थियो –
नेपाली भावानुवाद : हवाई मार्ग हुँदै काठमाडौँबाट आएका छन् आफ्नै देशमा शरणार्थी भएका गोर्खाका राजा । नयाँ दिल्लीको पालाम विमानस्थलमा राजा त्रिभुवनलाई भारतीय प्रधानमन्त्री पन्डित नेहरुले स्वागत गरे। नेपालमा राजासँग कुनै शक्ति छैन। उनले राज्यको मामिलामा केही कुरा बोल्ने बित्तिकै उनलाई बन्दी जस्तै बनाइएको थियो। दुई श्रीमति र परिवारसहित भागेका उनले भारतीय दूतावासमा शरण लिएका थिए। त्यहाँबाट नेहरुको पहलमा उनीहरुलाई भारत उडाइएको थियो। अहिले भारतीय सेनाको गोर्खा राइफल्सका सैनिकहरु आफ्ना राजालाई सलामी दिँदैछन्। नेपाल एउटा अनौठो र झण्डै मध्ययुगीन देश हो। यो भूमिमा शासन शक्तिशाली राणा परिवारले गरिरहेका छन्। अहिले गोर्खाको देश गृहयुद्धमा फँसेको छ र उनीहरुको राजा विदेशी भूमिमा शरणार्थी भएका छन्।
0 Reviews:
Post Your Review