कार्तिक २७। नेपाली हरुको दोश्रो महान चाड यमपन्चक को आज अन्तिम दिन अर्थात् भाइ टिका। आज देश तथा बिदेशमा रहेका दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाई दीर्घायूको कामना गर्दछन्। द्जुभाइले पनि आफ्ना दिदीबहिनीलाई सक्दो दक्षिना तथा उपहार प्रदान गर्ने गर्दछन।
तिहारको मुख्य दिन आज ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको छ ।
‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभबेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ । यम द्वितीयासमेत भनिने भाई टीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्ने गर्दछन् । भाई टीकाको दिन दिदीबहिनीले आफ्ना दाजूभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ । दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ । दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् । दाजुभाई तथा दिदीबहिनीलाई एक ठाउँ गराउने यो पर्व भ्रातृत्व प्रेमको अपूर्व पर्व समेत हो ।

from SHYANE http://ift.tt/1Mr0zZe
via समाचार
0 Reviews:
Post Your Review