असार १७। सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत चाैतर्फी अालोचना खेपेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा पत्र बुझाएका छन् ।
असार १५ गते धान दिवसका अवसरमा अायोजित रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएको स्रोतले जनाएको छ ।
ओलीले उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालालार्इ बुझाएका छन् ।
पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि मन्त्री पराजुली राजीनामा दिन बाध्य भएका हुन् ।
from SHYANE http://ift.tt/1NyaCgz
via समाचार
0 Reviews:
Post Your Review